News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेर २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ।
- अघिल्लो दिन पनि सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको थियो र पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ।
- चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर ३ हजार २० रुपैयाँ पुगेको छ र असोज ३१ गते चाँदीको भाउ ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो।
२१ कात्तिक, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला मूल्य २ लाख ३८ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुन प्रतितोला ६ सय रुपैयाँ बढेको थियो । पछिल्ला दिन अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही बढ्दा नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।
यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको छ ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २० रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4