काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
उनी शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उदघाटन कार्यक्रममा सहभागी भएका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरीको गायत्री मार्गमा अवस्थित यो मन्दिर छैटौं शताब्दीको पुरानो मानिन्छ । सन् १९९० सालअघिदेखि नै भग्नावशेषको रूपमा रहेको मन्दिरलाई अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको हो ।
केही दिनअघि मात्रै सो मन्दिरमा ब्रह्माको मूर्ति पुन:स्थापना गरिएको थियो । सो ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा थियो ।
मन्दिर उदघाटन कार्यक्रममा मेयर बालेन साह, उपमेयर सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थिति थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4