News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले हङकङ सिक्सेस क्रिकेटमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ।
- नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
- नेपाल मुख्य प्रतिस्पर्धाबाट बाहिरिएको छ र अब बाउल लिगमा प्रतिस्पर्धा गर्नेछ।
२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए । नेपालका लागि लोकेश बमले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भयो । राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।
दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले २-२ विकेट लिए ।
यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो । आजको हारसँगै नेपाल मुख्य प्रतिस्पर्धाबाट बाहिरिएको छ ।
अब नेपालसहित समूह चरण पार गर्न नसकेका चार टोलीहरू बाउल लिगमा भिड्नेछन् । बाउल लिगमा नेपालको दुई खेल आजै छ । यूएईसँग भोलि खेल्नेछ ।
त्यहाँबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन् ।
प्रतिक्रिया 4