+

हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन

२०८२ कात्तिक  २२ गते १२:१४ २०८२ कात्तिक २२ गते १२:१४
हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले हङकङ सिक्सेस क्रिकेटको बाउल लिगअन्तर्गत भारतलाई ३ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा रोक्दै पहिलो जित निकालेको छ।
  • नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ६ ओभरमा कुनै विकेट गुमाएन र १३७ रन बनाएको थियो।
  • नेपालले अब बाउल लिगमा यूएईसँग खेल्नेछ र शीर्ष २ टोलीले बाउल फाइनल खेल्ने छन्।

२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको खेलमा नेपालले भारतलाई ९२ रनले हराएको हो ।

नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनायो । नेपालका लागि राशिद खानले ३ विकेट लिए भने बसिर अहमदले पनि ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ ‌ओभरमा कुनैपनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । राशिद खानले १७ बलमा ५५ रन बनाएर रिटायर भएका थिए । सन्दीप जोराले अविजित ४७ तथा लोकेश बमले अविजित ३१ रन बनाए ।

यसअघि नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग तथा दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।

बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो । नेपालले अब यूएईसँग भोलि खेल्नेछ । बाउल लिगबाट शीर्ष २ हुने टोलीले बाउल फाइनल खेल्ने छन् ।

हङकङ सिक्सेस क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय