+
+
Shares

ग्रामी मनोनयनमा हिपहप स्टार केन्ड्रिक लामार सर्वाधिक ९ विधामा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्रामी अवार्ड २०२६ का लागि हिपहप स्टार केन्ड्रिक लामार ९ विधामा सर्वाधिक मनोनित भएका छन्।
  • लेडी गागा ७ विधामा मनोनित भएकी छन् भने उदाउँदो कलाकार लियोन थोमस ६ विधामा मनोनित भएका छन्।
  • ग्रामी अवार्ड १ फेब्रुअरी २०२६ मा सीबीएस टिभीमा प्रसारण हुनेछ।

लस एन्जलस । विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामीले यसवर्षको मनोनयनको घोषणा गरेको छ । हिपहप स्टार केन्ड्रिक लामार सर्वाधिक ९ विधामा मनोनित भएका छन् ।

अघिल्लो वर्ष शीर्ष तीनमध्ये २ विधा जितेका लामारले यसवर्ष ‘जीएनएक्स’ एल्बम र ‘लुथर’ एकल ट्रयाक ल्याए । यी दुईको ब्लकबस्टर सफलताले हिपहप स्टारले सन् २०२६ को ग्रामीमा पनि वर्चस्व राख्ने अपेक्षा गर्न सकिन्छ ।

रेकर्डिङ एकेडेमीले जारी गरेको मनोनयनमा, लामारले सन् २०२६ को ग्रामी अवार्डका लागि मनोनयनकर्ताको समूहमा ९ विधासहित अग्रता लिएका छन् ।

लेडी गागा ७ विधामा मनोनयन भएकी छन् । गागा निर्माता ज्याक एन्टोनोफ र सर्कुटसँगै दोस्रो सबैभन्दा धेरै सात मनोनयनमा परेकी छिन् । प्रत्येक वर्ष कम्तिमा एक जना उदाउँदो कलाकारले कसैले अनुमान गरेको भन्दा धेरै नामांकन पाउँछन्, र यस वर्ष ती कलाकार लियोन थोमस हुन् ।

उनले आश्चर्यजनक रूपमा ६ विधामा आफूलाई मनोनयन तुल्याएका छन्, जसले उनलाई सबरीना कार्पेन्टर, ब्याड बन्नी र अडियो इन्जिनियर तथा मिक्सर सेर्बन घेनियासँग बराबरी तुल्याएको छ ।

सन् २०२५ का केही ठूला हिट गीत वा एल्बम ग्रामी अवार्डबाट हराइरहेका छन्, या त क्यालेन्डरको समयको कारणले वा आफैले प्रतिस्पर्धामा भाग लिन नचाहेको कारणले ।

वर्षको दोस्रो सबैभन्दा ठूलो एल्बम मोर्गन वालेनको “आई एम द प्रब्लम“ हो, तर उनले ग्रामी अवार्डको लागि पेश नगर्ने घोषणा गरे । वर्षको सबैभन्दा ठूलो ब्लकबस्टर, टेलर स्विफ्टको “द लाइफ अफ अ शो गर्ल“, मनोनयन तय भैसकेपछि रिलिज भयो, जसले गर्दा प्रतिस्पर्धामा सहभागी हुने अवसरबाट बञ्चित रह्यो ।

कार्पेन्टरले एक वर्ष भन्दा बढी समयमा आफ्नो दोस्रो एल्बम, “म्यान्स बेस्ट फ्रेन्ड“ को साथ सहभागिता जनाइन् । पुनः एक पटक उनी रेकर्ड, गीत र वर्षको एल्बमको लागि मनोनित भइन् ।

व्यावसायिक रूपमा, यो वर्ष हिपहपको लागि कमजोर वर्ष रह्यो, तर त्यसले ग्रामी मतदाताको उत्साहलाई कम गरेन, जसले यस विधालाई केहीले प्रक्षेपण गरेको भन्दा बढी प्रतिनिधित्व दिए ।

लामार भन्दा पर हेर्दा डोइची, क्लिप्स र टायलरले पाँच-पाँच वटा मनोनयन प्राप्त गरे । ग्रामी अवार्ड १ फेब्रुअरी, २०२६ मा सीबीएस टिभीमा प्रसारण हुनेछ ।

रेकर्ड अफ द इयर

१) डीटीएमएफ- ब्याड बनी
२) म्यान चाइल्ड- सरविना कार्पेन्टर
३) एन्जाइटी- दोइची
४) वाइल्डफ्लावर- बिली एलिस
५) अब्राकाडाब्रा- लेडी गागा
६) लुथर- केन्ड्रिक लामार एसजेडएसँग
७) द सबवे- च्यापेल रोन
८) एपीटी- रोजे, ब्रुनो मार्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?