+

समृद्धि खुला महिला बास्केटबलमा ग्रान्ड स्टार्स र ट्रेनिङ ग्राउण्डको लगातार जित

२०८२ कात्तिक  २३ गते २२:१५ २०८२ कात्तिक २३ गते २२:१५
समृद्धि खुला महिला बास्केटबलमा ग्रान्ड स्टार्स र ट्रेनिङ ग्राउण्डको लगातार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डले लगातार जित निकाल्दै समृद्धि खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि होडमा पुगेका छन्।
  • ग्राण्ड स्टार्सले जेभियर एकेडेमीलाई १०५-५ ले हराएको छ भने ट्रेनिङ ग्राउण्डले साइपाल एकेडेमीलाई ७८-४२ ले पराजित गरेको छ।
  • प्रतियोगिताको अन्तिम दिन मंगलबार ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डबीच लिगको अन्तिम खेल हुनेछ जसले विजेताको टुङ्गो लगाउनेछ।

२३ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डले लगातार जित निकाल्दै समृद्धि खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि होडमा पुगेका छन् ।

आइतबार ग्राण्ड स्टार्सले लगातार पाँचौ र ट्रेनिङ ग्राउण्डले लगातार चौथो खेल जितेको हो । अब सोमबार हुने यी दुईबीचको लिगको अन्तिम खेलबाट विजेताको टुङ्गो लाग्नेछ । पहिलो खेलमै ट्रेनिङ ग्राउण्डलाई हराएकोले ग्राण्ड स्टार्सलाई एडभान्टेज छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पाँचौ दिन आइतबार ग्राण्ड स्टार्सले जेभियर एकेडेमीलाई १०५-५ को विशालअन्तरले पराजित गरेको हो ।

ग्राण्ड स्टार्सले पहिलो क्वाटरमा ३५ र दोस्रो क्वाटरमा २० अंक स्कोर गर्दा जेभियरले दुवै क्वाटरमा कुनै अंक जोड्न सकेन । ग्राण्ड स्टार्सले तेस्रो क्वाटर २४-३ र चौथो क्वाटर २६-२ ले आफ्नो पक्षमा पारेको थियो ।

ग्राण्ड स्टार्सकी सम्झना शाही प्लेअर अफ दि म्याच बनिन् । उनले १२ अंक जोडिन् । लगातार पाँच खेल जित्नै अपराजित रहेको ग्राण्ड स्टार्स उपाधि होडमा अघि छ ।

यस्तै आइतबारै भएको पहिलो खेलमा ट्रेनिङ ग्राउण्डले साइपाल एकेडेमीलाई ७८-४२ ले हरायो । ट्रेनिङ ग्राउण्डले सुरुवाती तीन क्वाटर २६-३, २०-८, २५-९ ले आफ्नो पक्षमा पारेको थियो । चौथो क्वाटर भने साइपालले २२-७ ले आफ्नो पक्षमा पारेको थियो ।

खेलमा ट्रेनिङ ग्राउण्डकी सोनी वाइवा प्लेअर अफ दि म्याच घोषित भइन् । उनले १८ अंक स्कोर गरिन् ।

प्रतियोगिताको अन्तिम दिन मंगलबार सिनियरतर्फ अन्तिम दुई खेल हुनेछ । जसमा जेभियर र साइपालबीच पहिलो खेल हुनेछ भने लिगको अन्तिम खेल ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डबीच हुनेछ ।

यस्तै यू-१६ जुनियर अन्तर्गत मंगलबार दुई खेल हुनेछ । जसमा भ्याली पब्लिक स्कुल र बौद्ध इन्टरनेशनल तथा रिब्स र स्वार्निम स्कुलबीच खेल हुनेछ ।

समृद्धि खुला महिला बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय