+

एन्फा र खेलाडी संघबीचको वार्ता प्रत्यक्ष प्रसारण हुनुपर्ने माग

२०८२ कात्तिक  २४ गते १०:३८ २०८२ कात्तिक २४ गते १०:३८
एन्फा र खेलाडी संघबीचको वार्ता प्रत्यक्ष प्रसारण हुनुपर्ने माग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघ र नेपाल फुटबल खेलाडी संघबीच आज वार्ता डाकिएको छ जसको प्रत्यक्ष प्रसारण हुनुपर्ने माग खेलाडी संघले राखेको छ।
  • एन्फाले ए डिभिजन लिग र राष्ट्रिय लिगबारे खेलाडीहरूको माग र भावनालाई संवादमार्फत सम्बोधन गर्ने उद्देश्यले वार्ता बोलाएको छ।
  • गत बिहीबार खेलाडी संघले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिँदै आफ्ना मेडलहरू बुझाएका थिए।

२४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच आजका लागि डाकिएको वार्ता प्रत्यक्ष प्रसारण हुनुपर्ने माग संघले राखेको छ ।

संघ तथा संघका अध्यक्ष विक्रम लामाले सामाजिक सञ्जालमा स्टाटस राख्दै वार्ता लाइभ हुनुपर्ने बताएका हुन् ।

‘घरेलु फुटबल अन्तर्गतका शीर्ष डिभिजन लिग फुटबल हुनुपर्छ भन्ने खेलाडीद्वारा उठाइएको मागमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यक्त गरेको चासो र वार्ताका लागि गरेको आह्वानप्रति नेपाल फुटबल खेलाडी संघ धन्यवाद ज्ञापन गर्दछ’ स्टाटसमा लेखिएको छ, ‘सम्पूर्ण खेलाडी र सरोकारवालाहरूको जानकारी र पारदर्शिताका लागि आज हुने वार्ताको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन एन्फासँग अनुरोध गर्दछौं।’

एन्फाले विज्ञप्ति जारी गर्दै ए डिभिजन लिग र राष्ट्रिय लिगबारे उठेका खेलाडीहरूको माग र भावनालाई संवादमार्फत सम्बोधन गर्ने जनाउँदै आजका लागि वार्ता बोलाएको थियो ।

गत बिहीबार नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय अगाडि धर्ना दिँदै आफ्ना मेडलहरू बुझाएका थिए।

खेलाडी संघले खेल्न पाउनु आफ्नो आधारभूत हक भएको र त्यसका लागि सडकमा आउन बाध्य भएको जनाएको थियो।

एन्फाले भने खेलाडीहरूको आन्दोलनप्रति संवेदनशील रहँदै वार्तामार्फत समाधान खोज्ने बताएको हो।

 

अखिल नेपाल फुटबल संघ (एन्फा)
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय