News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली पुरुष राष्ट्रिय फुटबल टिमले १३ नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ।
- नेपालले १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्नेछ।
- हरि खड्का अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् र टोलीलाई एन्फाले आज बिदाइ गर्दैछ।
२२ कात्तिक, काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि यतिबेला नेपाली पुरुष राष्ट्रिय फुटबल टिम प्रशिक्षणमा व्यस्त छ ।
अन्तिम टोलीमा समावेश गरिएका २३ खेलाडीहरूले दशरथ रंगशालामा प्रशिक्षण गरिरहेका छन् ।
नेपालले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ भने १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनोटको खेल खेल्दै छ ।
यही दुई खेलका लागि हरि खड्का अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । दुई खेल खेल्न जाने नेपाली टोलीलाई आज एन्फाले बिदाइ पनि गर्दै छ ।
तस्वीरहरू







नेपालको अन्तिम टोली : किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ
प्रतिक्रिया 4