+
+
Shares

बुधबार नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १४:५२

२४ कात्तिक, काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् ।

आगामी बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

नेकपा एमालेबाट निष्कासनमा परेका नेता रावलले त्यसपछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए ।

एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर, रावल एमालेमा फर्किएनन् ।

हिजो (आइतबार) नेकपाका नेताहरूसँग रावलले वार्ता गरेका थिए । उक्त छलफल सकारात्मक भएको छलफलमा सहभागी नेताहरूले बताएका थिए ।

सोही अनुसार, आगामी बुधबार (कात्तिक २६) उनी ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत नेकपामा समाहित हुन लागेका हुन् ।

उक्त कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?