News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्युटर्सलाई अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नगरेको कारण २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- विभागले मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै कलंकीको विकास ट्रेड प्रालिलाई २० हजार र स्युचाटारको नेपाल थोपा सिँचाइ प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ।
- सोमबार विभागले कुल १६ वटा फर्म अनुगमन गरी अन्य १३ फर्मलाई सामान्य निर्देशन दिएको र उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमन निरन्तरता दिने बताएको छ।
२५ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।
सोमबार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्युटर्स प्रालिलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
डिस्ट्रिब्युटरले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरी सामान बिक्री गरेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।
यस्तै विभागले अन्य दुई फर्मलाई पनि कारबाही गरेको छ । मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै काठमाडौं महानगरपालिका–१४ कलंकीको विकास ट्रेड प्रालिलाई २० हजार रुपैयाँ र काठमाडौं–१३ स्युचाटारको नेपाल थोपा सिँचाइ प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ।
विभागले सोमबार कुल १६ वटा फर्म अनुगमन गरेको थियो । अन्य १३ फर्मलाई भने सामान्य निर्देशन दिइएको छ । विभागले उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई निरन्तरता दिने बताएको छ।
प्रतिक्रिया 4