News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान' लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण अधिकार सुरक्षित गरेको छ।
- यो फिल्म १४ नोभेम्बरदेखि अमेरिका र क्यानडामा रिलिज हुनेछ र २० नोभेम्बरदेखि बेलायत र मध्यपूर्वमा पनि प्रदर्शन हुनेछ।
- फिल्मले घरेलु बक्सअफिसमा नवौं दिनसम्म ३ करोड ७१ लाख रुपैयाँ कमाएको छ र विदेशबाट माग बढिरहेको छ।
काठमाडौं । घरमा सुपरहिट बन्ने बाटोतर्फ उन्मुख फिल्म ‘परान’ लाई विदेशबाट उच्च माग छ । दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मको अन्तराष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले सुरक्षित गरेको छ ।
वितरण कम्पनीका अनुसार, नीर शाह स्टारर सोसल-ड्रामा शुक्रबारदेखि प्रमुख अन्तर्राष्ट्रिय बजारमा रिलिज हुँदैछ ।
१४ नोभेम्बर, शुक्रबारदेखि यो फिल्म अमेरिका र क्यानडामा रिलिज हुनेछ । अमेरिकामा ५० बक्सअफिस हलबाट रिलिज हुनेछ भने क्यानडामा भने प्राइभेट शोज तय गरिएको जनाइएको छ ।
२० नोभेम्बरदेखि मध्यपूर्वका मुलुकसहित बेलायतमा पनि रिलिज हुनेछ । सेभेन सिज सिनेमाका निर्देशक रमेश चौलागाईंका अनुसार, एसियाली मुलुकको प्रदर्शन मिति भने तय हुन बाँकी छ ।
‘अमेरिका, मध्यपूर्व र बेलायतबाहेक एसियाली मुलुकहरूको रिलिज डेट आजसम्म टुंगो लगाउँछौं’ चौलागाईंले भने, ‘अस्ट्रेलिया, जापान लगायतका देशको टुंगो लाग्न बाँकी छ ।’
युरोपेली मुलुकमा भने फिल्मलाई बक्सअफिसमा रिलिज गर्ने तयारी छ । ‘बक्सअफिसमा नलाग्ने युरोपका देशमा भने निश्चित मूल्यमा बेच्नेछौं’ उनले भने ।
स्वदेशमा फिल्मले राम्रो ब्यापार गरेसँगै विदेशबाट समेत माग बढिरहेको जानकारी उनले दिए । ‘परान’ ले नवौं दिनसम्म घरेलु बक्सअफिसमा ३ करोड ७१ लाख रुपैयाँ नेरु ग्रस कमाएको चलचित्र विकास बोर्डले जनाएको छ ।
त्यसपछिका दिनमा पनि फिल्मको अकुपेन्सी र कमाइ बलियो देखिएको छ ।
प्रतिक्रिया 4