+

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट खेल्ने

२०८२ कात्तिक  २६ गते २०:०८ २०८२ कात्तिक २६ गते २०:०८
इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका डान डौथवेटले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
  • पोखराले डौथवेटसँगै एडम रोसिङटन र रेमन रेइफरलाई पनि अनुबन्ध गरेको छ।
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ।

२६ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका डान डौथवेटले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखराले सामाजिक सञ्जालमार्फत डौथवेटलाई अनुबन्ध गरेको जनाएको हो । यसअघि उनले पहिलो संस्करणमा काठमान्डु गोर्खाजबाट खेलेका थिए ।

२८ वर्षीय डौथवेटले राष्ट्रिय टोलीबाट नखेलेपनि घरेलु क्रिकेटमा भने प्रदर्शन राम्रो छ । उनले ७६ टी-२० खेलमा तीन अर्धशतकसहित ८५६ रन बनाएका छन् । यस्तै उनले ७७ विकेट समेत लिएका छन् ।

पोखराले यसअघि इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटन र वेस्टइन्डिजका रेमन रेइफरलाई अनुबन्ध गरेको छ ।

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की रहेकोले पोखरा सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, तृत राज दास र दिनेश खरेललाई रिटेन गरेको थियो ।

यस्तै पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

डान डौथवेट पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय