२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकार गठनविरुद्ध मधेश प्रदेशका सांसदहरू आज पनि धर्नामा बसेका छन् । मधेश भवन अगाडि सात दलका प्रदेश सांसदहरु धर्नामा बसेका हुन् ।
प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुख सुमित्र सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त बनेको छ ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद सहितका कार्यकर्ताहरू आन्दोलनमा छन् ।
मङ्गलबार साँझ नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले भित्र पदभार ग्रहण गर्न गएको बेला बाहिर प्रदर्शन चर्किएको थियो । त्यस क्रममा प्रहरीको लाठी चार्जबाट १७ जना प्रदर्शनकारी घाइते भएका थिए ।
घटनाको विरोधमा सात दलीय गठबन्धनले आन्दोलनको घोषणा समेत गरेका छन् ।
सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुवेदीले पनि पद गुमाइसकेकी छन् । उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बर्खास्त गरिसकेका छन् ।

प्रतिक्रिया 4