News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ हजार ९ सय रुपैयाँ बढेको हो।
- चाँदीको मूल्य पनि बढेर प्रतितोला ३३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
२७ कात्तिक, काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको भाउ प्रतिऔंस ४२०० डलर नाघेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा कारोबार भइरहँदा प्रतिऔंस ४३८१ डलरसम्म पुगेको रेकर्ड छ ।
त्यस्तै नेपाली बजारमा असोज ३१ गते सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी तोलाको १७० रुपैयाँ बढेको हो । आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउमा ३३५० रुपैयाँको रेकर्ड बनेको छ ।
प्रतिक्रिया 4