+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६३ बलमा ११२ रन आवश्यक
चितवन राइनोज 2025
58/4 (9.3)
Shares

एमाले सिंह हो, कसैको प्रतिस्पर्धा छैन: महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले एमालेसँग प्रतिस्पर्धा गर्न कुनै दल सक्षम नभएको दाबी गरे।
  • बस्नेतले एमालेलाई नेपाली कम्युनिस्ट आन्दोलनको सिंहको रूपमा स्थापित भएको उल्लेख गरे।
  • एमालेका कुनै नेतामाथि बयानका नाममा दु:ख दिने काम भए एक लाख युवाले सिंहदरबार घेराउ गर्ने उनको चेतावनी छ।

२७ कात्तिक, दाङ। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्।

नेपाली कम्युनिस्ट राजनीतिमा एमाले सिंहको रूपमा स्थापित भएको उनको दावी छ।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार दाङको तुलसीपुरमा आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै बस्नेतले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरे।

‘एउटै घाटमा स्याल, कुकुर, बिरालो सबै पानी खान आइरहेका छन् भने के बुझ्नुपर्छ भने माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेको छ र त्यहाँ कसैले पानी खान हिम्मत गरिरहेको छैन,’ उनले भने, ‘त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको सिंह नेकपा एमाले हो।’

बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति राज्य संयन्त्र प्रयोग गरी गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गरे। उनले एमालेका कुनै नेतामाथि बयानका नाममा दु:ख दिने काम भए एक लाख युवाले सिंहदरबार घेराउ गर्ने चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?