+
+
Shares

मधेशका नवनियुक्त प्रदेश प्रमुख लाभले गरे पदभार ग्रहण

प्रदेश प्रमुख लाभले पदभार ग्रहण गर्दै आफू मधेश प्रदेशको समस्यासँग परिचित भएको बताए । समन्वय सहकार्य गर्दै सबैले मिलेर मधेश प्रदेश बनाउनु पर्ने र त्यसमा आफूले पनि भूमिका खेल्ने उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १६:४३

२७ कात्तिक, जनकपुरधाम । मधेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आज पदभार ग्रहण गरेका छन् । काठमाडौंबाट जनकपुरधाम आएका उनलाई विमानस्थलमा र प्रदेश प्रमुख कार्यालयमा भव्य स्वागत गरिएको छ ।

प्रदेश प्रमुख लाभले पदभार ग्रहण गर्दै आफू मधेश प्रदेशको समस्यासँग परिचित भएको बताए । समन्वय सहकार्य गर्दै सबैले मिलेर मधेश प्रदेश बनाउनु पर्ने र त्यसमा आफूले पनि भूमिका खेल्ने उनको भनाइ छ ।

गत सोमबार बिहान मधेश प्रदेशमा निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी होटेलमा शपथ ग्रहण गराएपछि विवाद उत्पन्न भएको छ । अमर्यादित कार्य गरेको भन्दै भण्डारीलाई सरकारको सिफारिसमा पदमुक्त गरिएपछि उनको ठाउँमा लाभलाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रध्यापक डा. लाभलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख नियुक्त गरेका थिए । मंगलबार उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?