News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली याक्स स्पोट्स प्रालिले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रानलाई नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि अनुबन्ध गरेको छ।
- कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ जसमा अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गरिएको छ।
- कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक र राजु बस्नेतलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा राखेको छ।
२७ कात्तिक, काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रालिले अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीका ब्याटर नाजिबुल्लाह जाद्रानलाई अनुबन्ध गरेको छ । दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले पाचौं विदेशी खेलाडी अनुबन्ध गरेको हो ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन टेष्ट राष्ट्रका जाद्रनलाई अनुबन्ध गरेको जानकारी गराएका छन् ।
कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका मार्क वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड र भारतका प्रियांक पान्चालले पहिलो पटक कर्णालीबाट खेल्दैछन् ।
३२ वर्षीय बायाँ हाते ब्याटर नजिबले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८ सय ३० रन बनाएका छन् । १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धसतक बनाए । एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन् ।
पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
प्रतिक्रिया 4