२८ कात्तिक, काठमाडौं । नेपाली समाजको चरित्र अनुसार पार्टी निर्माण गर्न नसकिएको प्रति दुःख जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् ।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई बुझाएको राजिनामा पत्रमा उनले ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँद त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु’ भनेका छन ।
रास्वपाको सदस्य भइरहँदा आफूले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको बताउदै उनले अगाडि लेखेका छन, ‘नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु ।’
२३ र २४ भदौको जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको उनको भनाइ छ ।
जेनजी आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको भन्दै उनले जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको बताए ।
यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको भन्दै उनी लेख्छन्, ‘नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरुको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ।’
बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै बदलिँदो नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई आफू फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थिति आएको उनले लेखेका छन् ।
हेर्नुहोस् राजीनामा :

प्रतिक्रिया 4