२९ कात्तिक, धनगढी । नेकपा एमालेका सचिव लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेको बताएका छन् ।
एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बोधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार रहेको बताएका हुन् ।
टाइगर अभी जिन्दा हे भन्दै नेता भट्टले प्रतिनिधिसभा पुन: स्थापना गर्दै मुलुकलाई निकास दिएर राष्ट्रियता जोगाउन संघर्ष गर्न एमाले पंक्ति जिउँदो रहेको उल्लेख गरे ।
‘एमाले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार छ । एउटा हिन्दी फिल्ममा छ, टाइगर अभि जिन्दा हे । एमाले अझै जिउँदो छ,’ उनले भने, ‘राष्ट्रियताका निमित्त, सार्वभौगिकताका निमित्त, अखण्डताका निमित्त फेरि पनि बलिदान गर्न तयार छ । तयार हुनु पनि पर्छ । देशलाई बचाउनुपर्छ । तब मात्र विकास र समृद्धि आउँछ ।’
देशलाई स्वतन्त्र राख्ने कि कसैको अधिनमा पार्ने भन्ने अहिलेको मुख्य लडाइँ भएको उनले बताए ।
एमालेले देश स्वतन्त्र रहनुपर्छ भन्ने मान्यता राख्ने बताउँदै उनले राष्ट्रियताको पक्षमा एमाले दृढ भएर उभिएकै कारण प्रहार भइरहेको बताए ।
संविधानको व्याख्या गर्ने पूर्व प्रधान न्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउदै प्रधानमन्त्री बनेको बताए । भट्टले एमालेले संविधानलाई जिउँदो बनाउनका निमित्त विघटित प्रतिनिधि सभा पुन: स्थापना माग गरिरहेको तर नेपाली जनताले ठूलो बलिदानबाट बनाएको संविधान गजेडीले फाल्ने कि राख्ने भनिरहेकोमा आक्रोश व्यक्त गरेका छन् ।
‘यो संविधान राख्ने कि फाल्ने म अकर्मण्यतामा छु । निर्णय गर्न सकेको छैन् । एउटा ड्रगिस्ट गजेडीले जनताले बनाएको संविधान मैले के गर्ने भन्छ ?,’ उनले भने, ‘यो संविधानलाई के गर्ने भन्ने अधिकार नेपाली जनतालाई मात्र छ । संशोधन गर्ने कि फाल्ने ? यो अधिकार कुनै नसेडीलाई होइन । जनतालाई छ ।’
जेनजी पुस्ता हो कि आन्दोलन ? भदौ २३ र २४ को घटना क्रान्ति हो कि प्रतिक्रान्ति हो ? छुट्याउन जरूरी रहेको बताए ।
प्रतिक्रिया 4