+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
99/1 (13.4)
Shares

सुदूरपश्चिमका होटेलको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार सुदूरपश्चिम प्रदेशका होटेलहरूको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र रहेको छ।
  • आव २०८१/८२ मा सुदूरपश्चिम प्रदेशमा विदेशी पर्यटक संख्या घटेर भारतीय २८%, चिनियाँ ७१% र तेस्रो मुलुकका ६५% ले कम भएका छन्।
  • राष्ट्र बैंकले धार्मिक, पुरातात्विक र पर्यटकीय पूर्वाधार विकासमा कमीले सुदूरपश्चिम प्रदेशमा पर्यटक आगमनमा गिरावट आएको निष्कर्ष निकालेको छ।

२ मंसिर, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका होटेलहरूको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले नमुना छनोट गरी गरेको अध्ययन अनुसार आव २०८१/८२ मा होटेलको अक्कुपेन्सी न्यून रहेको पाइएको छ । राष्ट्र बैंकले १० होटेल छनोट गरी अध्ययन गरेको थियो ।

यस प्रदेशमा बढी पाहुना भारतीय पर्यटक रहेको पाइएको छ । कुल १६ हजार ९२५ विदेशी पर्यटक सुदूरपश्चिम प्रदेशको भ्रमणमा पुगेका थिए ।

जसमा भारतीयसहित १६५ चिनियाँ र तेस्रो मुलुकका १ हजार ४११ पर्यटक यस प्रदेशको भ्रमणमा पुगेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिममा यो आवमा पर्यटक आगमनमा भारी गिरावट आएको देखिएको छ ।

तथ्यांक अनुसार भारतीय पर्यटक २८ प्रतिशत, चीनबाट आउनेहरू ७१ प्रतिशत र तेस्रो मुलुकका पर्यटकको संख्या ६५ प्रतिशतले घटेको छ ।

धार्मिक, पुरातात्विक, पर्यटकीय पूर्वाधारको विकास र प्रवर्द्धनमार्फत आन्तरिक तथा बाह्य पर्यटकको आगमन गर्न यो प्रदेश चुकिरहेको राष्ट्र बैंकको निष्कर्ष छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?