News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डमा अलपत्र सवारी साधन हटाउन सुरु गरिएको छ।
- मन्त्री कुलमान घिसिङले नदी सफा राख्न बेवारिसे सवारी साधन हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए।
- जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा मिसिएको र मर्मत सुरु गरिएको छ।
२ मंसिर, काठमाडौं । बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार बागमती नदी करिडोर क्षेत्रको स्थलगत निरीक्षण गरी नदीलाई सफा राख्न किनारमा राखिएका बेवारिसे सवारी साधन तत्काल हटाउन र ढल व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
जम्बुडाँडामा करिब १२० मिटर जाम हुँदा ढल बागमती नदीमा सिधै मिसिएको छ । ढल फुटेका कारण सडकमा पनि क्षति पुगेको छ । ढल मर्मत पनि सुरु गरिएको छ ।
साथै, गुहेश्वरीबाट माथिल्लो तटीय क्षेत्रमा नदी थ्रुपिएको बालुवा तथा फोहोर पनि हटाइने भएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आवश्यक तयारी गरिरहेको छ ।
प्रतिक्रिया 4