News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वयुवराज्ञी हिमानी शाहले क्यूएफएक्स दरबारमार्गमा नेपाली पारिवारिक फिल्म 'परान' हेरेकी छिन्।
- शाहले फिल्मको कथावस्तुमा वर्तमान नेपालको यथार्थ भेटिने बताइन् र 'नेपालमा विदेश पलायन भइराखेको अवस्था छ' भनिन्।
- फिल्मले झन्डै १० करोड ग्रस कमाइ गरेको छ र अझै दर्शकको संख्या उच्च रहेको छ।
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ’परान’ हेरेकी छिन् ।
सोमबार राती ८ बजे क्यूएफएक्सको दरबारमार्गस्थित हलमा फिल्म हेरेपछि उनले मिडियासँग संक्षिप्त प्रतिक्रिया दिइन् ।
फिल्मको कथावस्तुमा वर्तमान नेपालको यथार्थ भेटिने उनले बताइन् ।
उनले भनिन्, ‘अहिलेको अवस्थामा नेपालको यथार्थ यही हो । नेपाली विदेश पलायन भइराखेको अवस्था छ । परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ ।’
शाह केही आफन्तसहित हलमा पुगेकी थिइन् । फिल्मले पछिल्लो शनिबारसम्म झन्डै १० करोड ग्रसको कमाइ गरेको छ ।
अहिले पनि हलमा दर्शकको संख्या अझै उच्च छ ।
दीपकप्रसाद आचार्य काकु निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ । फिल्ममा रन्जित आचार्य र शेखर गोल्छा लगानी छ ।
प्रतिक्रिया 4