+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

सिमरामा आज पनि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १३:०७
बाराको सिमरा चोकमा टायर बालेर प्रदर्शन गर्दै जेनजी युवा । तस्वीर: सुनील गाउँले ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको सिमरामा नेकपा एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादका कारण दोस्रो दिन लगातार प्रदर्शन भइरहेको छ।
  • जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश जारी गरेको थियो र बेलुकी स्थिति शान्त बनेको थियो।
  • बिहीबार बिहान १० बजे जेनजी युवाले सिमरा चोकमा टायर बालेर आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै प्रदर्शन गरेका छन्।

४ मंसिर, काठमाडौं ।  बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ ।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।

आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?