+
+
Shares

निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचाल गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १८:०४

४ मंसिर, काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले बताए ।

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचाल गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको उनले बताए ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषद्का सदस्यहरु अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिवसहितको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?