+
+
WC Series
लुम्बिनी लायन्स 2025
55/2 (6.3)
VS
८१ बलमा ८८ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५ लाख बजेटमा गत वर्ष उपझोक्ता समितिसँग सम्झौता भई निर्माण सुरु भएको हो ।

रासस रासस
२०८२ मंसिर ४ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा रु ५५ लाख लगानीमा ७२ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
  • पुल सञ्चालनमा आएपछि करिब चार सय परिवार र विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले बताए।
  • पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले पुलले स्थानीय र आगन्तुक दुवैलाई लाभ पुगेको जानकारी दिए।

४ मंसिर, जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।

अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए । उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५ लाख बजेटमा गत वर्ष उपझोक्ता समितिसँग सम्झौता भई निर्माण सुरु भएको हो ।

चालु आवको कात्तिकको पहिलो सातामा निर्माण सम्पन्न भएको पुल अहिले सञ्चालनमा आएको उनले बताए।यसले वडा कार्यालयभित्र पर्ने माध्यमिक विद्यालय चुलेलगाउँ, विष्टबाडार रनुखानाका विद्यार्थीलाई आवतजावत गर्ने सहज भएको स्थानीय बताउँछन्।

एक गाउँबाट अर्को गाउँसम्म जोड्नका लागि करिब ७२ मिटर लम्बाइको झोलङ्गे पुल पुल निर्माण गरिएको वडाध्यक्ष वडले उल्लेख गरे । पुल बनेपछि घुमाउँरो, लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले रु ५५ लाख लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट चार सय परिवारका साथै आगन्तुकहरू लाभान्वित भएका जानकारी दिए।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?