News Summary
Generated by OK AI. Editorially reviewed.- युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघले दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने दर्शकका लागि नि:शुल्क बस सेवा सुरु गरेको छ।
- नि:शुल्क बस सेवा मुस्कान ट्राभल्ससँग सहकार्यमा बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।
- बस सेवा चार रुटमा सञ्चालन हुँदैछ र महिला, वृद्ध तथा अशक्तलाई विशेष प्राथमिकता दिइएको छ।
४ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने दर्शकहरूलाई नि: शुल्क बस सेवा उपलब्ध गराइएको छ ।
युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुने उनीहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको हो ।
उक्त नि:शुल्क बस सेवाका लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरिएको खेलकुदमन्त्रीले बताएका छन् । उनका अनुसार नि:शुल्क सेवा खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।

यसका साथै बसमा महिला, वृद्ध र अशक्तका लागि विशेष प्राथमिकता दिइएको छ । बस चार वटा रुटमा सञ्चालन हुँदै आएको छ । जसअनुसार पहिलो रुटको बस टीयू गेट – स्वयम्भू –बालाजु तोकिएको छ ।
यस्तै दोस्रो रूटको बस टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्जसम्म जानेछ भने तेस्रो रुटको बस टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बनेश्वर – तिनकुने – गौशाला – चाबहिलसम्म सञ्चालन भइरहेको छ ।
यसैगरी चौथो अर्थात अन्तिम रूटको बस भने टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वरसम्म सञ्चालन गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
हेर्नुहोस् तस्वीरहरू :










प्रतिक्रिया 4