+
+
Shares

निर्वाचन सफल बनाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १२:४८

५ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।

शुक्रवार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उनले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले सफल बनाउन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले देश विषम परिस्थितिलाई गुज्रिरहेको उल्लेख गर्दै त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको बताए । सो निर्वाचन परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

‘यो निर्वाचन परिणमले सुशासन, विकास र समद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ,’ राष्ट्रपति पौडेलले भने, ‘यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि  अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई अपिल पनि गर्दछु ।’

कार्यक्रममा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता समेत औंल्याए ।

उनले पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन गरिएको प्रयासप्रति पनि खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?