+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

ब्राउनको अर्धशतकमा सुदूरपश्चिमले बनायो बलियो योगफल, १९४ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ।
  • सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको हो।
  • जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए भने जिमी नीशमले ३ विकेट लिए।

५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो ।

एक समय १५ ओभरमा १६०-२ को अवस्थामा‌ भएर २०० भन्दा माथि रन बनाउने संकेत गरेको सुदूरको फिनिसिङ राम्रो हुन सकेन । अन्तिम ५ ओरनमा ३३ रन जोड्दा ५ विकेट गुमायो ।

सुदूरका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।

पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?