+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

भृकुटीमण्डपमा प्रदर्शनसहित एमालेको सभा सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते ११:०८

६ मंसिर, काठमाडौं । नेकपा एमालेले आज भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ ।

‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको हो ।

जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।

जनसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाअघि जुलुससहित एमाले नेता-कार्यकर्ता भृकुटीमण्डप पुग्नेछन् ।

एमालेको जनसभालाई मध्ये नजर गर्दै काठमाडौंमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ ।

एमालेले शुक्रबार मात्रै भोलेन्टिएर फोर्स घोषणा गरेको थियो । जसको संयोजक पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।

प्रदर्शनको तयारी पूरा भएको एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । जुलुससहित भृकुटीमण्डप पुगेपछि केही समयपछि सभा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?