News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग सहकार्य गर्ने सम्झौता गरेको छ।
७ मंसिर, काठमाडौं । ललितपुरस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग सहकार्य गर्ने सम्झौता गरेको छ । उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले शुक्रबार दुई पक्षबीच सम्झौता भएको हो ।
शुक्रबार ललितपुरमा भएको सम्झौतामा मेदान्त अस्पतालका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा र अन्तराष्ट्रिय सम्बन्ध महाप्रबन्धक अमित कुमार ओझाको उपस्थितिमा दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भयो ।
सम्झौता पश्चात दुवै अस्पतालबीच चिकित्सकीय तथा शल्यउपचार सहकार्यमा प्रविधि, विशेषज्ञता र ज्ञान आदानप्रदान हुने किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए ।
यो सम्झौताबाट किष्टमा अत्याधुनिक उपकरण तथा उपचार सेवाको विस्तार भई जटिल रोगको उपचार र फलोअप सेवा नेपालमै सहज हुने अपेक्षा उनले बताए ।
बज्राचार्यका अनुसार यो सहकार्यले मुटु शल्यक्रिया, बोनम्यारो प्रत्यारोपण, रेडिएसन अंकोलोजी, साथै अन्य विशेषज्ञ क्षमतामा वृद्धि गर्नेछ । साथै चिकित्सक र प्राविधिक कर्मचारीका लागि तालिम र विशेषज्ञता आदान-प्रदानका अवसर पनि उपलब्ध हुनेछ ।
दुवै संस्थाबीच टेलिमेडिसिन सेवा प्रणाली जडान गरिनेछ भने गम्भीर अवस्थाका बिरामीका लागि एयर एम्बुलेन्स सेवामार्फत रेफरल र उपचार प्रक्रिया अगाडि बढाइनेछ ।
प्रतिक्रिया 4