+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
135/8 (18.3)
VS
कर्णाली याक्स 2025
0/0
Shares

एनपीएलमा सट्टेबाजी : पक्राउ परेकाले २ करोडको कारोबार गरेको भेटियो

दुई पटकमा ९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १६:३०

८मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ (सट्टेबाजी) गराएको आरोपमा पक्राउ परेकाहरूले २ करोड ५ लाखको कारोबार गरेको देखिएको छ ।

दुई पटकमा ९ भारतीय र एक नेपाली महिलासहित प्रहरीले १० जनालाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ ।

उनीहरूको कारोबार विवरण हेर्दा २ करोड ५ लाख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

दुई जनालाई खेलाडीसँग म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परे । बाँकी ८ जना बेटिङ गराएको आरोपमा पक्राउ परेका थिए ।

म्याच फिक्सिङको प्रस्ताव गरेका दिलप्रित सिंह र रेविका सिंह ठकुरी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?