+
+
Shares

विशेष महाधिवेशन पक्षधरले दबाबका लागि विशेष सभा गर्ने

विशेष महाधिवेशन आव्हान गर्नका लागि दबाब दिने उद्देश्यले सभा डाकिएको उक्त पक्षका नेताहरुले जानकारी गराएका छन् । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि विशेष सभा आयोजना गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले १० मंसिरमा विशेष सभा बोलाएको छ।
  • विशेष महाधिवेशनको मागका लागि २४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित प्रस्ताव पेश गरेका छन्।
  • कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

९ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले विशेष सभा बोलाएको छ । केन्द्रीय समिति बैठक बस्नु अघिल्लो दिन १० मंसिरमा विशेष सभा बोलाइएको छ ।

विशेष महाधिवेशन आव्हान गर्नका लागि दबाब दिने उद्देश्यले सभा डाकिएको उक्त पक्षका नेताहरुले जानकारी गराएका छन् । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि विशेष सभा आयोजना गरिएको छ।

विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेताहरु, जिल्ला सभापतिहरु, नयाँ पुस्ता लगायतले सभामा सम्बोधन गर्ने नेताहरुले जानकारी गराएका छन् ।

विशेष महाधिवेशनको मागका लागि हस्ताक्षर संकलनका लागि अगुवाई गरेका नेता गुरुराज घिमिरेले बुधबारको सभाम शसक्त र प्रभावकारी हुने जानकारी गराए।

विशेष महाधिवेशनका लागि काठमाडौं बाहिरबाट पनि स्वतस्फूर्त रुपमा हस्ताक्षरकर्ताहरु आउने क्रम रहेको नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी गराए। पाण्डेले भने,‘पुराना नेता देखि जेनजीसम्मका व्यक्तिहरुले विशेष महाधिवेशनको पक्षमा विचार राख्नुहुन्छ।’

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् । २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ । कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?