+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

महेश बस्नेतको विरोधमा धनगढीमा प्रदर्शन

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
  • जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत र जेनजी युवाबीच द्वन्द्व बढेको छ।
  • गत ४ मंसिरदेखि बस्नेतको कार्यक्रमहरूमा जेनजी युवाले विरोध प्रदर्शन र आक्रमण गरिरहेका छन्।

१० मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा विरोध प्रदर्शन भएको छ ।

जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् ।

२३ र २४ को जेनजी आन्दोलनले एमाले नेतृत्वको सरकार विस्थापित गरेयता बस्नेत जेनजी युवा प्रति आक्रामक सुनिएका छन् । साथै, जेनजी युवाले पनि बस्नेतको विरोधमा निरन्तर प्रदर्शनहरू गरिरहेका छन् ।

गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन बस्नेत आउने थाहा पाएपछि जेनजी युवाले प्रदर्शन गरेका थिए । जसका कारण दुई दिनसम्म बाराको सिमरा अशान्त बनेको थियो ।

७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए ।

मंगलबार सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?