News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्सले अनुमति बिना संगीत प्रयोग गरेको मुद्दामा चार लाख रुपैयाँ संगीत रोयल्टी तिरेको छ।
काठमाडौं । ठमेलस्थित क्लब ‘लर्ड अफ द ड्रिङ्क्स’ (एलओडी)ले ५२ हजार मूल्य अभिवृद्धि करसहित चार लाख रुपैयाँ संगीत रोयल्टी तिरेको छ । अनुमति बेगर संगीत प्रयोग गरेको परेको मुद्दामा एलओडीले रोयल्टी तिरेको हो ।
संगीत रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीका अनुसार सार्वजनिक तवरमा गीतसंगीत प्रयोग गरेर पनि एलओडीले हालसम्म कुनै पनि संगीत रोयल्टी तिरेको थिएन । त्यसैउपर गत जेठ महिनामा समाजले जिल्ला सरकारी वकिल, काठमाडौंमार्फत मुद्दा प्रक्रिया अघि बढाएको थियो ।
अहिले भने एलओडीले रोयल्टीबापतको रकम बुझाइसकेकाले अनुमति प्रदान गरिसकेको अधिकारीले जानकारी दिए । अब अन्य निजी संस्थाहरूबाट पनि रोयल्टी सङ्कलनको काम गरिरहेको उनले सुनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4