+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
174/5 (20)
Shares

बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । यस क्रममा उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १७:३९

१० मंसिर, काठमाडौं । रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको हो ।

चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । यस क्रममा उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।

बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा शुभम रन्जानले एक विकेट लिए ।

सुरुवाती १० ओभरमा ७५-३ को अवस्थामा रहेको चितवनले अर्को १० ओभरमा ९९ रन जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?