+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
54/0 (6.6)
Shares

पाकिस्तानका पूर्वविदेशमन्त्री भेटेर राजेश हमालले सम्झिए बुवासँगका मर्मस्पर्शी क्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री जलिल अब्बास जिलानीसँग भेट गरेका छन्।
  • हमालले सामाजिक सञ्जालमा बुवासँगको सम्बन्धमा राहत दिलाउने भेटको जानकारी दिएका छन्।
  • जलिल अब्बास जिलानीले हमालका बुवाको निधनदेखि शव नेपाल ल्याउन सहयोग गरेका थिए।

काठमाडौँ । अभिनेता राजेश हमाल बुधबार पाकिस्तानी दूतावास पुगे । औपचारिक कामले भने उनी त्यहाँ गएका होइनन् । बरु, आफ्ना बुवासँग संगत गरेका पाकिस्तानका पूर्वकूटनीतिज्ञसँग भलाकुसारी गर्न उनी त्यहाँ गएका थिए ।

हमालले यसको जानकारी सामाजिक सञ्जालबाट दिएका छन् । पाकिस्तानमा नेपाली राजदूत हुँदा हृदयाघातबाट निधन भएका हमालका बुवा चुडाबहादुरसँग जोडिएका पाकिस्तानका पूर्वविदेशमन्त्री तथा सचिव जलिल अब्बास अब्बानीलाई भेट्न उनी दूतावासमा पुगेका थिए ।

ती दुईले भेटमा मार्मिक सम्झना बाँडे । ओहदाको प्रमाणपत्र बुझाएर राजदूत हमाल निवासमा फर्किँदा प्रोटोकलको रुपमा अब्बानी सँगै फर्किएको देखि राजदूत हमालको निधनसम्मका क्षण छन् ।

निवासमा छाडेर अब्बानी फर्कन लाग्दा राजदूत हमाल सिँढीमा हृदयघातले भुइँमा पछारिए । अब्बानीले तत्कालै अस्पतालतिर लैजान खोजे । अस्पताल नपुग्दै राजदूत हमालको निधन भयो ।

राजदूत हमालको शवलाई उनै अब्बानीले नेपालमा ल्याएर परिवारलाई बुझाएका थिए । पछि अब्बानी विदेश सचिव हुँदै विदेशमन्त्रीसम्म बन्न सके ।

हमालले अनलाइनखबरसँगको एक अन्तर्वार्तासहित हालै प्रकाशित आत्मकथा ‘युगदेखि युगसम्म’ मा बुवासँगको सम्बन्धबारे कुरा गरेका छन् । बुवाको उत्तराद्र्धको समयमा उहाँसँग बोलचाल बन्द रहेको स्मरण उनले गरेका छन् ।

अब्बानीसँगको भेटमा पाकिस्तानी राजदूत अबरार ए हाश्मी पनि थिए ।

यसको जानकारी फेसबुकमा दिँदै हमालले लेखेका छन्, ‘पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री जलिल अब्बास जिलानीसँग भेट्दा धेरै खुशी लाग्यो । मेरा बुबाले प्रमाणपत्र बुझाउँदादेखि उहाँ बित्दासम्म श्री जिलानी साथमा हुनुहुन्थ्यो । यो अवसरका लागि पाकिस्तानका महामहिम राजदूतलाई धन्यवाद । श्री जिलानीसँगको भेटले बुबासँगको सम्बन्धमा केही राहत दिलायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?