News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तकोशी सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ र सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ।
- कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ।
- नयाँ क्लिङ्कर प्लान्ट स्थापना र क्षमता विस्तारका लागि आईपीओबाट उठ्ने पूँजी प्रयोग गरिने कम्पनीले जनाएको छ।
११ मंसिर, काठमाडौं । सप्तकोशी सिमेन्टले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरका चुक्ता पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । बिक्री प्रबन्धकसम्बन्धी सम्झौता त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा भएको हो ।
सम्झौतापत्रमा सप्तकोशी सिमेन्टका तर्फबाट अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरे ।
उद्योगको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ। कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पीपीसी ४३ र ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यस कम्पनीले सन् २०१९ देखि निरन्तर संचालन नाफा कायम राख्न सफल भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७ प्रतिशत बढी बिक्री लक्ष्य हासिल गरेको छ । साथै, आव २०८१/८२ को नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस सेयर पनि जारी गरेको छ ।
प्रस्तावित क्ष्एइ बाट उठ्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4