+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
१२० बलमा १५६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

उमेरका हिसाबले उत्तरार्धतिर छौं, तर जेनजीभन्दा कम छैनौं : प्रचण्ड

‘हुन त उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौं,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १६:३४

११ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । आफूहरू उत्तरार्धतिर रहेको भए पनि जेनजीभन्दा कम नभएको पनि बताए ।

राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम नभएको उनको भनाइ थियो ।

‘हुन त उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौं,’ प्रचण्डले भने, ‘अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय पूरा गर्न चाहन्छौं । जेनजी युवाहरूको असली अभिभावक बन्न चाहन्छौं । उनीहरूको समेत तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौं ।’

साथै, उनले आफूलाई पदमा लिप्त भएर बिसिरहन चाहेको रुपमा नबुझ्न पनि आग्रह गरे ।

‘यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भनेर आरोप गरिन्छ । हामी पद भइराख्नपर्छ भन्ने छैन । हामीलाई सक्रिय राजनीति बनिराख्ने वातावरण बन्यो भने हामीलाई पद ठूलो होइन,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?