+

एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने

२०८२ मंसिर  १२ गते ६:५२ २०८२ मंसिर १२ गते ६:५२
एनपीएल क्रिकेटमा आज चार टोली मैदान उत्रने

१२ मंसिर, काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

चितवन ३ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले ४ खेलमा समान अंक जोडेको भएपनि चौथो स्थानमा छ ।

तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न आज जित्नैपर्ने दबाब छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट ६ अंक जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

एनपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय