१२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज पनि दुई खेल हुँदैछ ।
पहिलो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच हुँदैछ ।
चितवन र काठमाडौंबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा पौने १२ बजे सुरु हुनेछ ।
चितवन र काठमान्डु दुवैले पछिल्लो खेल जित्दै लयमा फर्केको संकेत गरेका छन् ।
चितवनले विराटनगर किंग्सको लगातार तीन खेलको अपराजित यात्रा ब्रेक लगाएको थियो भने काठमान्डुले लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।
काठमान्डुले चार खेल खेल्दा २ मा जित र २ मा हारको नतिजा निकालेको छ ।
चितवनले ३ खेलमा २ खेल जित्दा १ खेलमा पराजित भएको छ ।
यस्तै कर्णाली र विराटनगर भने आफ्नो पछिल्लो खेलमा पराजित भएका थिए ।
कर्णाली सुदूरपश्चिमसँग पराजित भएको थियो । दुवै टोलि जितको लयमा फर्कने प्रयासमा छन् ।
विराटनगरले ४ मध्ये सुरुवाती तीन खेल जितेर राम्रो सुरुवात गरेको थियो । तर, पछिल्लो खेलमा पराजित हुँदा केही दबाबमा देखिएको छ । कर्णालीले तीनमध्ये १ खेल जित्दा २ खेलमा हार व्यहोरेको छ ।
सिद्धार्थ बैंक ओके एनपीएल बजमा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका लेग स्पीनर मौसम ढकालले आज हुने दुई खेलको विषयमा होस्ट विराटजंग रायमाझीसँग कुराकानी गरेका छन् । ढकालले पहिलो खेलमा चितवन र दोस्रो खेलमा कर्णालीले जित्न सक्ने अनुमान गरेका छन् ।
उनले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए भने यस सिजन कुनै पनि टिममा छैनन् ।
ढकालसँगको आजको खेलबारे गरिएको कुराकानीको अंश :
प्रतिक्रिया 4