+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
86/3 (12.6)
Shares

एआई संगीत सिर्जना गर्न रेकर्ड लेबल वार्नरले सुनोसँग सहकार्य गर्ने

अर्को वर्षदेखि, सुनोले आफ्नो जेनेरेटिभ-एआई संगीत प्लेटफर्ममा नयाँ र इजाजतपत्र प्राप्त मोडेल प्रयोगका लागि सार्वजनिक गर्नेछ, जसले प्रयोगकर्तालाई सरल ढंगले संगीत सिर्जना अनुमति दिन्छ’ वार्नरले एक विज्ञप्तिमा भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वार्नर म्युजिक ग्रुपले प्रविधि स्टार्ट-अप सुनोसँग मिलेर आर्टिफिसियल इन्टेलिजेन्स संगीत उद्यम सुरु गर्ने भएको छ।
  • वार्नरले सुनोमा सिर्जना गरिएका एआई गीतलाई कलाकारको आवाज, नाम र समानता प्रयोग गर्न अनुमति दिनेछ।
  • सुनो र उडियो विरुद्ध वार्नर, सोनी र युनिभर्सलले प्रतिलिपि अधिकार उल्लंघन मुद्दा दायर गरेका थिए।

वार्नर म्युजिक ग्रुपले प्रविधि स्टार्ट-अप सुनोसँग मिलेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संगीत उद्यम सुरु गर्ने भएको छ । गतवर्ष उक्त कम्पनीले नै सुनोलाई संगीतको प्रतिलिपि अधिकार सम्बन्धी मुद्दा हालेको थियो ।

यी दुई पक्षबीच भएको सम्झौताको एक भागको रूपमा, वार्नरले प्रयोगकर्तालाई कलाकारको आवाज, नाम र समानता प्रयोग गरेर सुनोमा सिर्जना गरिएका एआई गीतलाई प्रयोगको अनुमति दिनेछ ।

दुआ लिपा, कोल्डप्ले र एड शीरन जस्ता कलाकारको प्रतिनिधित्व गर्ने उक्त रेकर्ड लेबलले सुनो र उडियो नामक प्लेटफर्मलाई मुद्दा हालेको थियो ।

पछिल्लो समय एआईबाट सिर्जना गरिएका सामग्री विवादित बनिरहेका छन् । मानव गीतकारलाई एआई सिर्जित सांगीतिक सामग्रीले कमजोर बनाउन सक्ने चिन्ता धेरै कलाकारमा देखिन्छ ।

अर्को वर्षदेखि, सुनोले आफ्नो जेनेरेटिभ-एआई संगीत प्लेटफर्ममा नयाँ र इजाजतपत्र प्राप्त मोडेल प्रयोगका लागि सार्वजनिक गर्नेछ, जसले प्रयोगकर्तालाई सरल ढंगले संगीत सिर्जना अनुमति दिन्छ’ वार्नरले एक विज्ञप्तिमा भनेको छ ।

म्यासाचुसेट्समा रहेको उक्त फर्मका लगभग १० करोड प्रयोगकर्ता छन् र यो २ वर्ष अघि सुरु गरिएको थियो ।

सुनोको सन् २०२६ को मोडेलले यसको अहिले चल्तीमा रहेको मोडेललाई प्रतिस्थापन गर्नेछ र प्रयोगकर्ताले अडियो डाउनलोड गर्न पनि भुक्तानी गर्नुपर्नेछ’ वार्नरले भनेको छ । निःशुल्क रुपमा उपलब्ध गराइएका गीतलाई भने अझै पनि बजाउन र सेयर गर्न सकिन्छ ।

‘यस प्रकारको पहिलो साझेदारीले संगीत सिर्जनामा ‘नयाँ सीमाहरू’ खुला गर्ने र रचनात्मक समुदायलाई क्षतिपूर्ति प्रदान गर्ने कुरा सुनिश्चित गर्नेछ’ वार्नरले भनेको छ ।

‘एआईबाट सिर्जना गरिएका संगीतमा कलाकार र गीतकारको नाम, तस्वीर, समानता, आवाज र रचना कसरी प्रयोग गर्ने भन्ने कुरामा पूर्ण नियन्त्रण हुनेछ’ वार्नरले भनेको छ । तर, कुन कलाकारको भनेर नाम समेटिएको छैन ।

‘यो सम्झौताले कम्पनीबीचको पहिलेको मुद्दा पनि समाधान गर्छ’ विज्ञप्तिमा भनिएको छ ।

सुनोले जस्तै प्लेटफर्म प्रदान गर्ने अर्को एआई कम्पनी युडियोविरुद्ध संगीतको दिग्गज वार्नर, सोनी म्युजिक इन्टरटेनमेन्ट र युनिभर्सल म्युजिक ग्रुपले मुद्दा दायर गरेका थिए । रेकर्डिङ इन्डस्ट्री एसोसिएसन अफ अमेरिकाले सन् २०२४ मा मुद्दा दायर गरेको थियो ।

ती लेबलले उडियो र सुनोलाई उपलब्ध गीतहरूको प्रतिलिपि बनाएर नाफा कमाएको आरोप लगाएका थिए । साथै, ती प्लेटफर्मले वास्तविक कलाकारको कामबाट छुट्याउन नसकिने ट्रयाक सिर्जना गरेको दाबी पनि संलग्न थियो ।

कम्पनीले एआईको प्रयोगलाई ‘चोरी’ र संगीत पारिस्थितिक प्रणालीलाई खतरामा पार्ने प्रवृत्तिको अंशको रूपमा वर्णन गरेका छन् ।

बिली इलिश र निकी मिनाज लगायत लगभग २०० कलाकारले संगीत उद्योगमा एआईको हस्तक्षेपकारी प्रयोग रोक्न आह्वान गर्दै पत्रमा हस्ताक्षर गरेको केही महिनापछि कानुनी लडाइँ सुरु भएको हो ।

बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?