+
+
WC Series
चितवन राइनोज 2025
50/6 (11.4)
VS
५० बलमा ९२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

भिसा इन्टरनेसनलको तीन विधामा नबिल बैंकले पायो अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले भिसा इन्टरनेसनलबाट तीन विधामा अवार्ड जितेको छ।
  • अवार्ड एक्सिलेन्स इन कन्जुमर डेबिट कार्डस्, कन्ट्याकलेस–इसुइङ र इ–कमर्स एक्वायरिङमा प्रदान गरिएको हो।
  • नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले उपलब्धीको श्रेय ग्राहक, व्यवसायी र कर्मचारीलाई दिएको बताए।

१२ मंसिर, काठमाडौं । भिसा इन्टरनेसनलले प्रदान गर्ने तीन वटा महत्वपूर्ण विधामा नबिल बैंकले अवार्ड जितेको छ ।

बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेबिट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो ।

काठमाडौंस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरिएको हो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।

अवार्ड ग्रहणपछि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले यो उपलब्धीले आफूहहरूलाई थप ऊर्जा प्रदान गरेको बताए ।

उनले उक्त उपलब्धीको श्रेय बैंकका कार्डबाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए ।

भिसा इन्टरनेसनल कार्डप्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।

नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?