News Summary
Generated by OK AI. Editorially reviewed.- मध्यपुर थिमीस्थित मिड भ्याली कलेजमा दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ आयोजना गरिएको छ।
- प्रदर्शनीमा उपत्यका भित्रका ६७ विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले बनाएका ९३ उपकरण राखिएका छन्।
- प्रदर्शनीमा उत्कृष्ट उपकरण निर्माण गर्ने तीन विद्यालयलाई क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ।
१२ मंसिर, काठमाडौं । दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२ को आयोजना गरिएको छ ।
भक्तपुरको मध्यपुर थिमीस्थित मिड भ्याली कलेजमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीले बनाएको ९३ वटा उपकरण प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा सामुदायिक र निजी विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीले बनाएको प्रविधिहरू प्रदर्शनमा राखिएको छ ।
दुई दिने प्रदर्शर्न आजसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य छ । प्रर्दशनीमा पहिलो दिन हिजो चार हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए ।
प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिँदै निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिति प्रा.डा रामेश्वर अधिकारीले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधि तर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्दत पुग्ने बताए ।

‘यो खालको कार्यक्रम शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रका विद्यालय तथा कलेजहरूमा समेत आयोजना गर्न जरुरी छ । सरकारले पनि प्रर्दशनीलाई प्राथमिकता दिन आवश्यक छ,’ उनले भने ।
शिक्षामन्त्रालयले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ । ‘अझै विशेष योजना ल्याएर विद्यार्थीहरूमा व्यवहारिक ज्ञान प्रदान गर्न सक्नुपर्छ । यी भावी पुस्तालाई विज्ञान तथा प्रविधि क्षेत्रमा योग्य बनाउनु आजको आवश्यकता हो,’ उनले भने ।
सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न कटुवालले साना साना उमेरका विद्यार्थीहरूले दैनिक रुपमा प्रयोग हुने उपकरणहरूलाई फरक रुपमा प्रदर्शनी गरेको बताए ।
मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उदेश्यले यस प्रर्दशनीको आयोजना गरिएको बताए ।

उनले कलेजले एक वर्ष अगाडि गरेको यसखालको प्रदर्शनीले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पारेको बताउँदै सूर्यविनायक नगरपालिका समेत प्रभावित भई नगरपालिका स्तरको पर्दशनी आयोजना गर्न लागेको जानकारी दिए ।
प्रदर्शनीमा उत्कृष्ट उपकरण एवं सामाग्री निर्माण गर्ने तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने छ ।
प्रदर्शनी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रदर्शनी आज सकिने छ ।

प्रतिक्रिया 4