+

डिसाबिलिटी क्रिकेट शृंखला खेल्न नेपाली टोली भारत जाने

२०८२ मंसिर  १२ गते १५:०१ २०८२ मंसिर १२ गते १५:०१
डिसाबिलिटी क्रिकेट शृंखला खेल्न नेपाली टोली भारत जाने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत–नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ।
  • टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ लगायतका खेलाडी रहेका छन्।
  • राष्ट्रिय खेलकुद परिषद् का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अन्जना श्रेष्ठले टोलीलाई बिदाइ गरेका छन्।

१२ मंसिर, काठमाडौं । भारत–नेपाल डिसाबिलिटी क्रिकेट सिरिजमा सहभागी हुन १५ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली आइतबार भारतको हरियाणा जाने भएको छ ।

टोलीमा रामप्रसाद खरेल, प्रदीप रिजाल, हेमबहादुर गुरुङ, बालकृष्ण गिरी, छवी धाबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुन्जाबिहारी चौधरी, सुखलाल मिया, अनिलकुमार कहर, रामजान अली, अनुरेश पासी, रामकुमार यादव र तब्रेज अन्सारी छन् ।

अफिसियलमा रामबहादुर कुँवर र छुल्टिम शेर्पा छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र राखेफकी सदस्य अन्जना श्रेष्ठले शुक्रबार एक कार्यत्रमबीच बिदाइ गरे ।

डिसाबिलिटी क्रिकेट सिरिज राष्ट्रिय खेलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय