News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले जनकपुरस्थित १० मेगावाट क्षमताको मिथिला सोलार परियोजनामा लगानी गर्ने भएको छ।
- एनआईआईएफले हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित कम्पनीमार्फत लगानी गर्ने जनाएको छ।
- एनआईआईएफका अध्यक्ष डा. मनिष थापाले फन्डको लगानीले दिगो पूर्वाधार विकास प्रोत्साहन गर्ने उद्देश्य पूरा हुने बताए।
१२ मंसिर, काठमाडौं । १० मेगावाट क्षमताको मिथिला सोलारमा लगानी जुटेको छ ।
यो परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले लगानी गर्ने भएको हो । एनआईआईएफ हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित कम्पनी हो ।
यस रणनीतिक लगानीले नेपालको विशाल वैकल्पिक ऊर्जा क्षमता उपयोग गर्दै घरेलु ऊर्जा माग पूरा गर्ने, आयातित इन्धनमाथि निर्भरता घटाउने र दिगो ऊर्जा भविष्यतर्फ अगाडि बढ्ने लक्ष्य प्राप्त हुने कम्पनीको विश्वास छ ।
यो परियोजना जनकपुरस्थित अन–ग्रिड मिथिला सोलार परियोजना हो । जसलाई ऊर्जा डेभलपर्सले बनाइरहेको छ । एनआईआईएफको यो लगानीसँगै ग्लोबल इक्विटी फन्ड नेपालको सोलार क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्ये एकका रूपमा स्थापित भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
अहिलेसम्म २५ मेगावाटको पशुपति रिन्युएबल्स, ६.८ मेगावाट जीआई सोलार, ५ मेगावाट सोलार फार्म, ५० मेगावाट सोलार फार्म लुम्बिनी र ४० मेगावाट सोलार फार्म बुद्धभूमिमा लगानी गर्ने प्रतिबद्धता समावेश छ ।
एनआईआईएफका अध्यक्ष डा. मनिष थापाले फन्डको यो लगानी नेपालमा दिगो पूर्वाधार विकास प्रोत्साहन गर्ने उद्देश्यसँग मेल खाने बताए ।
ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले ग्लोबल इक्विटी फन्डसँग दीर्घकालीन रणनीतिक लगानीकर्ताका रूपमा साझेदारी गर्न पाउँदा खुसी भएको उल्लेख गरे ।
उनका अनुसार यो चौथो सहकार्य हो । यसअघि ग्लोबल इक्विटी फन्डको पोर्टफोलियोमा ८२.५ मेगावाटको मेवा डेभलपर्स लिमिटेड, ५३.५ मेगावाटको अपर मादी जलविद्युत् आयोजना र ऊर्जा इम्प्याक्ट फन्ड समावेश छन् ।
प्रतिक्रिया 4