News Summary
Generated by OK AI. Editorially reviewed.- अनलाइनखबरकर्मी भुवन पौडेलले यस वर्षको सेजन अवार्ड प्राप्त गरेका छन्।
- सेजन अवार्ड अर्थमन्त्री रामेश्वर खनाल र उद्योगमन्त्री अनिल सिन्हाले वितरण गरेका हुन्।
- सेजनले उत्कृष्ट आर्थिक समाचारका लागि नगदसहित अवार्ड प्रदान गर्छ।
१५ मंसिर, काठमाडौँ । अनलाइनखबरकर्मी भुवन पौडेलले यस वर्षको सेजन अवार्ड प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष प्रकाशित आर्थिक समाचार मध्येबाट उत्कृष्ट समाचार छनोट गरी नगदसहित अवार्ड प्रदान गर्छ ।
अनलाइनखबरकर्मी पाैडेल बैंकिङ क्षेत्रमा कमल चलाउँछन् । यस वर्ष सेजनको उक्त अवार्ड पौडेल र नयाँ पत्रिकाका पवन तिमिल्सिनाले पाए । कान्तिपुर दैनिकका विमल खतिवडाले सेजन छापा माध्यम अवार्ड प्राप्त गरे । डिजिटल अवार्ड बिजमाण्डु डटकमका सुनिल कुँवरले प्राप्त गरे ।
डा. भोला चालिसे लिवरल जर्नालिजम अवार्ड उद्धव थापा र सुनिता कार्कीले प्राप्त गरेका छन् । स्व. संजय न्यौपाने लेखनवृत्ति पुरस्कार भेषराज बेल्वासेले प्राप्त गरेका छन् । अवार्ड अर्थमन्त्री रामेश्वर खनाल र उद्योगमन्त्री अनिल सिन्हाले वितरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4