+
+
Shares

एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ र २८ जना युवा नेताले असहमति जनाएका छन्।
  • कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेले पार्टी विधान विपरीत प्रतिनिधि छनोट गरिएको भन्दै सच्याउनुपर्ने बताए।
  • अध्यक्ष देवविक्रम राईले निर्विरोध निर्णय भएको भन्दै १० जनाको प्रतिनिधि सूची सार्वजनिक गरेका छन्।

१५ मंसिर, खोटाङ । नेकपा एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित बनेको छ ।

जिल्ला अध्यक्ष देवविक्रम राईले सार्वजनिक गरेको सूचीप्रति असहमति जनाउँदै २८ जना युवा नेताले वक्तव्य जारी गरेका छन् । उनीहरूले पार्टीको विधानविपरीत प्रतिनिधि छनोट गरिएकाले सच्याउन माग गरेका छन् ।

‘पार्टी विधानको धारा ७५, ७६ र ७७ विपरीत प्रतिनिधि छनोट गर्न मिल्दैन,’ कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरेले भने, ‘गलत प्रक्रिया सच्याउनुपर्छ ।’

उनका अनुसार विधानका यी धाराहरूमा पार्टीको सार्वभौम अधिकार सदस्यमा निहीत हुने, लोकतान्त्रिक प्रणाली अपनाउनुपर्ने र फरक मतलाई निषेध गर्न नपाइने उल्लेख छ ।

तर, आवश्यक प्रक्रिया पूरा नगरी नेताहरूको गोजीबाट प्रतिनिधि छनोटको सूची तयार पारिएकाले सच्याउनुपर्ने उनीहरूको माग छ । अध्यक्ष राईले भने निर्विरोध निर्णय भएको भन्दै १० जनाको नाम सार्वजनिक गरेका छन् ।

सार्वजनिक सूची अनुसार खुलातर्फ कुमारप्रसाद आचार्य, देवविक्रम राई, पिके राई, रामप्रसाद दंगाल र सुरेन्द्रकुमार राई प्रतिनिधि चयन भएका छन् ।

युवा तर्फ जगत राई र दलित तर्फ दीपक ठटाल चयन भएका छन् । महिला तर्फ कविता राई, पुष्पकला भुजेल र विणादेवी राई प्रतिनिधि चयन भएका छन् ।

जिल्ला अध्यक्ष राई भने लोकतान्त्रिक प्रक्रिया बमोजिम नै प्रतिनिधि चयन गरिएको बताउँछन् । ‘छलफल गरेरै हामीले यतिका समय खर्च गर्यौ, सबै पक्षलाई समेट्ने प्रयत्न गर्यौ,’ उनी भन्छन्, ‘यद्यपि सीमित संख्याको प्रतिनिधिमा आकांक्षी सबैलाई समेट्न संभव थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?