+
+
Shares

पूर्वविद्यार्थी नेता तामाङ लमजुङबाट प्रतिनिधि छनोट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनेरास्ववियुका पूर्वकेन्द्रीय सचिव जुन तामाङ लमजुङबाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
  • लमजुङबाट खुला तर्फ पूर्वसचिव सुभाष पौडेल, पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य युवराज अधिकारी र वर्तमान जिल्ला अध्यक्ष राजकुमार विष्ट निर्वाचित भएका छन्।
  • महिला तर्फ बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ, गण्डकी प्रदेश सांसद यशोदा रिमाल र अनेमसंघ केन्द्रीय सदस्य लक्ष्मीदेवी अधिकारी चयन भएका छन्।

१५ मंसिर, काठमाडौं । अनेरास्ववियुका पूर्वकेन्द्रीय सचिव जुन तामाङ लमजुङबाट नेकपा एमालेको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी राजेन्द्र अधिकारीलाई हराउँदै उनी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । लमजुङ एमालेमा जनसंगठन प्रमुख रहेका उनी युवा तर्फबाट प्रतिनिधि चयन भएका हुन् ।

लमजुङबाट खुला तर्फ पूर्वसचिव सुभाष पौडेल, पूर्वअध्यक्ष कृष्णप्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य युवराज अधिकारी र वर्तमान जिल्ला अध्यक्ष राजकुमार विष्ट निर्वाचित भएका छन्।

महिला तर्फ बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ, गण्डकी प्रदेश सांसद यशोदा रिमाल र अनेमसंघ केन्द्रीय सदस्य लक्ष्मीदेवी अधिकारी चयन भएका छन् । दलिततर्फ हिरालाल विक र नन्दराम विक प्रतिनिधि चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?