News Summary
Generated by OK AI. Editorially reviewed.- विज्ञान कथामा आधारित मल्टिस्टारर फिल्म ‘एक्लो’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।
- फिल्ममा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनिल थापा, दीया पुन लगायत कलाकारहरू छन्।
- ‘एक्लो’ १७ पुस २०८२ (१ जनवरी २०२६) मा प्रदर्शन तयारीमा छ र पोस्ट–प्रोडक्सन लन्डनमा भइरहेको छ।
काठमाडौँ । विज्ञान कथामा आधारित मल्टिस्टारर फिल्म ‘एक्लो’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा फिल्मका सबै कलाकार फिचर्ड छन् । हामीले पोस्टरमा प्रदीप खड्का, जेमी बेकन, विजय लामा, सुनिल थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, एवनराज उप्रेतीलाई देख्न सक्छौं ।
साथै, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको पनि अभिनय छ ।
फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । अहिले बेलायतको राजधानी लन्डनमा यो फिल्मको पोस्ट–प्रोडक्सन भैरहेको छ ।
एनआरएन समूहको लगानीमा बनेको फिल्मको कार्यकारी निर्मातामा कलाकार समेत रहेका विनोद सुवेदी ‘क्षितिज’ छन् ।
छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् । द्वन्द्व निर्देशन राजु तामाङले, सेट डिजाइन राजु पेन्टरले, कला निर्देशन सन्तोष लामाले र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन् ।
‘एक्लो’ १७ पुस (१ जनवरी, २०२६) मा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4