+

त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित

२०८२ मंसिर  १६ गते २१:५२ २०८२ मंसिर १६ गते २१:५२
त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा चाइनिज ताइपेइसँग १-० गोलअन्तरले पराजित भएको छ।
  • नेपालले पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले हराएको थियो।
  • चाइनिज ताइपेइले नेपाललाई हराएर मैत्रीपूर्ण त्रिदेशीय फुटबल सिरिजको विजेता बनेको छ।

१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ ।

नेपाललाई चाइनिज ताइपेइले १-० गोलअन्तरले हराएको हो । खेलको ५३औं मिनेटमा के सी हुआङले चाइनिज ताइपेइका लागि गोल गरेकी थिइन् ।

नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज ताइपेइले इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो ।

नेपाललाई हराएसँगै चाइनिज ताइपेइ यो मैत्रीपूर्ण सिरिजको विजेता बनेको छ ।

त्रिदेशीय महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय